काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।
चन्द्रागिरि–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ