Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं महानगरको निर्णयमा उच्चको अन्तरिम आदेशः धुम्रपान र सुर्तीजन्य पदार्थको बेचबिखन तत्काल रोक्नु पर्दन


काठमाडौं महानगरको निर्णयमा उच्चको अन्तरिम आदेशः धुम्रपान र सुर्तीजन्य पदार्थको बेचबिखन तत्काल रोक्नु पर्दन

काठमाडौँ — प्लास्टिक प्याकेजिङमा रहेका धुम्रपान र सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय जनक पाण्डे र व्रजेश प्याकुरेलको संयुक्त इजलासले शुक्रबार महानगरको निर्णयविरुद्ध परेको रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म त्यसलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

श्रीराम टोबागो उद्योग प्रालिले उच्च अदालतमा महानगरको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै रिट निवेदन दर्ता गराएको थियो ।

उक्त उद्योगका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, पूर्णमान शाक्य, अधिवक्ताहरु दामोदर तिम्सिना, सन्तोष तिवारी, जयलाल भण्डारी, नारायण नेपाल, आकृती खनाल, असाङकनबहादुर मल्लले बहस गरेका थिए भने महानगरपालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता महेशकुमार नेपाल तथा अधिवक्ताद्वय दिना श्रेष्ठ, ओमप्रकाश अर्यालका साथै नेपाल सरकारको तर्फबाट उपस्थित सहायक न्यायाधिवक्ता पूजा सिलवालले बहस गरेका थिए ।