Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारत भ्रमणमा रहेका मन्त्री पाण्डेद्धारा भुटान र कम्बोडियाका मन्त्रीहररुसँग छलफल


भारत भ्रमणमा रहेका मन्त्री पाण्डेद्धारा भुटान र कम्बोडियाका मन्त्रीहररुसँग छलफल

काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भुटान र कम्बोडियाका मन्त्रीहरूसँग भेट गरेका छन् । उनले भारत गुजरातका मुख्यमन्त्रीहरूसँग नेपालमा धार्मिक पर्यटक भित्र्याउने तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा हवाई उडान गर्ने विषयमा छलफल गरेका हुन।

भारतको गुजरातमा जारी आठौं अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलनका क्रममा भएका साइडलाइन बैठकमा उनले छलफल गरेका छन् । मन्त्री पाण्डेले गुजरातका मुख्यमन्त्री भुपेन्द्र पट्टेल, भुटानका गृहमन्त्री छिरिङ तथा कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडेससँग भेट वार्ता गरेका हुन् ।
मुख्यमन्त्री पट्टेलसँगको भेटमा द्विपक्षीय हित र चासोका विषय छलफल भएको थियो ।

नेपाल–भारतबीच सदियौं पुरानो धार्मिक, सास्कृतिक एवम् ऐतिहासिक सम्बन्धको चर्चा भएको थियो । भेटमा पर्यटनमन्त्री पाण्डेले भारतको सोमनाथधाम र पशुपतिनाथ धामको अन्तरसम्बन्धलाई कसरी जनस्तरसम्म विस्तार गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरेका हुन् ।

भेटमा मन्त्री पाण्डेले पोखरा र लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न चाहने अन्तर्राष्ट्रिय कम्पनीलाई इन्धन लगायत विभिन्न शुल्कमा छुट सहुलियत दिएको जानकारी गराउँदै गुजरातबाट पोखरामा सिधा हवाई उडान गर्न आग्रह गरे ।

उनले नेपालको पर्यटकीय राजधानी पोखरा हुँदै मुक्तिनाथ दर्शनका लागि जाने धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावनाको बारेमा जानकारी गराए । कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडसँगको भेटघाटमा मन्त्री पाण्डेले भगवान बुद्धको जन्म नेपालमा भएको र बुद्ध धर्मको विस्तार कम्बोडियामा भएको ऐतिहासिक पक्ष उजागर गर्दै कम्बोडिका बौद्ध धर्मावलम्बीहरूलाई बुद्ध जन्मस्थलको भ्रमणमा ल्याउने वातावरण बनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।