काठमाडौं ४, साउन । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ ।
राष्ट्र बैंकले साउन पहिलो साता नै आगामी मौद्रिक नीति ल्याउने तयारी थालेको हो ।
गर्भनरसहित ३० जनाको टोली सम्पत्ति शुद्धीकरणका विषयमा जवाफ दिन क्यानडा गएर बुधवार नै नेपाल फर्केका छन् । यतिबेला गभर्नर अधिकारी पनि नियमित काममा फर्किसकेका छन् भने मौद्रिक नीतिको बारेमा आवश्यक छलफल भईरहेको बताएको छ ।
बिहीबार नै प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठक पनि बसेको छ । सो बैठकमा गभर्नर अधिकारीले अगामी साता नै मौद्रिक नीति आउने जानकारी गराएका थिए । बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु लगायतका विषयमा छलफल भएको थियो ।
आगामी मंगलबारसम्म मौद्रिक नीति जारी हुने राष्ट्र बैंकले जनाएको छ । छिटोमा आइतबार र ढिलोमा मंगलबारसम्म मौद्रिक नीति जारी हुने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि नै राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि निजी क्षेत्र, उद्योगि, बैंक तथा वित्तीय लगायतका सरोकारवाला क्षेत्रसंग पनि राष्ट्र बैंकले छलफल गरिसकेको छ ।