Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एडिबीको ठुलो आर्थिक सहयोग


विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एडिबीको ठुलो आर्थिक सहयोग

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि ठुलो आर्थिक सहयोग गर्ने भएको छ । एडिबीले ३१ करोड १० लाख डलर (४२ अर्ब २४ करोड रुपियाँ)सहुलितपूर्ण ऋण र तीन करोड डलर (चार अर्ब सात करोड रुपियाँ)अनुदान उपलब्ध गराउने भएको हो ।

देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न सो सहयोग जुटेको हो ।

युरोपेली युनियनले दुई करोड २६ लाख डलर (तीन अर्ब ६ करोड रुपियाँ) र नर्वे सरकारले तीन करोड १० लाख डलर (चार अर्ब २१ करोड रुपियाँ) अनुदान दिनेछन् । यसैगरी, रणनीतिक जलवायु कोषमार्फत एक करोड डलर (एक अर्ब ३५ करोड रुपियाँ) सहायता प्राप्त हुनेछ । आयोजना कार्यान्वयन गर्न आवश्यक १३ करोड २४ लाख डलर (१७ अर्ब ९८ करोड रुपियाँ) नेपाल सरकारले बेहोर्नेछ ।