काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको पोर्टफोलियो मूल्यांकनकर्ताको लागि प्रस्तावना पेश गर्ने मिति एक साता थप गरेको छ । एक सूचना जारी गर्दै प्रस्तावकले प्रस्ताव गर्ने मिति जनवरी १३ सम्म थप गरेको हो । यसअघि पुस ६ गते सूचना जारी गर्दै राष्ट्र बैंकले १५ दिनको समय दिएर आवेदन आह्वान गरेको थियो । यसको म्याद आज मंगलबार सकिँदै थियो ।
वाणिज्य बैंकको पोर्टफोलियो मूल्यांकनकर्ताको लागि प्रस्तावना पेश गर्न एक साता थप