Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोशी प्रदेश सरकारमा सुरुमै मनमुटाव,माओवादीका मन्त्री विनै मुख्यमन्त्री थापाद्धारा दुई मन्त्री सहित शपथ ग्रहण


कोशी प्रदेश सरकारमा सुरुमै मनमुटाव,माओवादीका मन्त्री विनै मुख्यमन्त्री थापाद्धारा दुई मन्त्री सहित शपथ ग्रहण

काठमाडौं, २२ असार । मन्त्री भागबन्डामा कुरा नमिलेपछि कोशी प्रदेश सरकार सुरुमै विवादमा परेको छ । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले दुई मन्त्री नियुक्त गर्दै शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री थापासहित, नेपाली कांग्रेसका प्रदीप सुनार र नेकपा एकिकृत समाजवादीका कमल जबेगुलाई पद तथा गोपनीयताको शपथ गराए । उनीहरूको मन्त्रालय भने तोकिएको छैन । मुख्यमन्त्रीसहित ४ जना मन्त्रीको शपथ गराउने तयारी भएपनि माओवादीले आन्तरिक विवादका कारण मन्त्री पठाएन । प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाँई जीवन आचार्यलाई पनि मन्त्री बनाउने तयारी भएकोमा अन्तिममा उनको शपथ रोकिएको छ । शपथ समारोहमा माओवादीका कुनै सांसदहरु उपस्थित देखिएनन् ।

उसो त, प्रदेश प्रमुख पर्शुराम खापुङ्ले संवैधानिक व्यवस्थाविपरित कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चौतर्फी विरोध भइरहेका बीच सपथ ग्रहण गराउन लागिएको थियो ।  संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुखले नियुक्त गरेका छन् । तर गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई प्रदेससभा सदस्यको हैसियतमा हस्ताक्षर गराएर सरकार गठनका लागि बहुमत पुर्याउनु संवैधानिक व्यवस्था विपरित भएको भन्दै चोतर्फी आलोचना भइरहेको थियो ।  एमाले संसदीय दलले संवैधानिक व्यवस्था विपरित प्रदेश प्रमुखले मुख्यमन्त्रीमा थापालाई नियुक्त गरेको बिरूद्ध सर्वोच्च अदालतमा रीट दायर गरेर कानूनी उपचार खोज्ने तयारी गरेको छ । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, नेकपा एकिकृत समाजवादीका ४, जनता समाजवादी पार्टीको एक र प्रदेशसभा सदस्यको हैसियतमा सभामुख बाबुराम गौतम गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरेका थिए । एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङ्ले आइतबार सरकार गठनका लागि दावी पेस गर्न बिहीबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए ।