Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

ठूला करदाता कार्यालय शनिवार पनि खुल्ने


ठूला करदाता कार्यालय शनिवार पनि खुल्ने

काठमाडौं । ठूला करदाता कार्यालयले मर्जर, प्राप्ति र एफपिओको लाभबाट हुने लाभकर बुझाउन शनिवार पनि कार्यालय खुल्ने भएको छ । आज शनिबारसम्म यस्तो रकम बुझाइ सक्नुपर्ने बाध्यता छ। मंसिर मसान्तभित्र कर तिर्दा मर्जर तथा प्राप्तिबाट भएको लाभ र सेयर प्रिमियमबाट भएको लाभको आधारमा मात्रै कर तिरे पुग्छ।

ब्याज र जरिवाना तिर्नु पर्दैन। तर यो समयसम्म कर नबुझाएमा जरिवाना र ब्याजका कारण दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अनुमान गरिएको छ।अआइपिओ वा एफपिओबाट उठाएको पैसा पुँजी भएको तर लाभ नभएको जिकिर गरेका १६ बैंकहरूले हालेको रिट शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजालसले खारेज गरेको थियो।

सो निर्णय पश्चात एकैदिन ११ अर्ब तीन करोड रुपैयाँ राजस्व प्राप्ति गरेको छ। कार्यालय प्रमुख जनक शर्माका अनुसार शुक्रबारमात्रै ३० वित्तीय संस्थाले ११ अर्ब तीन करोड कर बुझाएका हुन्। आइपिओ वा एफपिओबाट उठाएको पैसा पुँजी भएको तर लाभ नभएको जिकिर गरेका बैंकहरूले जरिवाना र ब्याजबाट बच्नको लागि शुक्रबार यस्तो कर बुझाउन थालेका हुन्। मंसिर मसान्तसम्म यस्तो रकम दाखिला गरे ब्याज र जरिवाना नलाग्ने सुविधा दिइएको छ।