Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको पहिलोदिन नै नेप्से परिसूचक २५.४१ अंकले घट्यो


साताको पहिलोदिन नै नेप्से परिसूचक २५.४१ अंकले घट्यो

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ९.६७ बिन्दुमा पुगेको हो । गत बिहीबार नेप्से १८ अंकले घटेको थियो ।

उक्त दिन कारोबारमा आएकामध्ये ४४ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १९३ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रहयो । ४६ हजार ६ सय १४ पटकको कारोबारमा ८० लाख २१ हजार ६ सय ३१ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा करिब ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बिहीबार ७ अर्ब ३० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आइतबार कारोबारमा आएकामध्ये १३ उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।