Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हनुमानको लागि प्रत्येक हलमा एक सिट खालि गर्नेः आदिपुरुष टिम


हनुमानको लागि प्रत्येक हलमा एक सिट खालि गर्नेः आदिपुरुष टिम

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म आदिपुरुष असार १ गतेदेखि प्रदर्शन हुँदै छ। यसैबीच निर्माण टिमले फिल्म प्रदर्शन हुने प्रत्येक हलमा एक सिट खाली राख्ने निर्णय गरेको हो । जहाँ रामायण पाठ हुन्छ, त्यहाँ भगवान हनुमान प्रकट हुन्छन्। यस विश्वासलाई सम्मान गर्दै प्रभासको फिल्म आदिपुरुष जहाँ प्रदर्शन हुन्छ त्यहाँ एक सिट विशेष रूपमा हनुमानका लागि छुट्याइने छ टिमले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्। यो फिल्म बन्ने घोषणा भएदेखि नै चर्चामा थियो। फिल्म कहिले प्रदर्शन हुन्छ भनेर दर्शकहरू प्रतीक्षामा थिए तर फिल्मको टिजर सार्वजनिक भएपछि प्रशंसाभन्दा आलोचना खेप्नुपर्‍यो। फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडिओ गेमसम्म भने।

भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो। सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टिमको आलोचना समेत भएको थियो। त्यस्तै रावण बनेका सैफ अली खानको हुलियालाई लिएर पनि धेरै नकारात्मक टिप्पणी आएका थिए। नकारात्मक टिप्पणीपछि निर्माण टिमले पुनः भिएफएक्स गरेर ट्रेलर सार्वजनिक गरिसकेका छन्।