Saturday, June 21, 2025

२०८२ असार ७, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

आजसम्म शेयर बिक्री गर्नेले मात्रै दशैँअघि पैसा पाउने


आजसम्म शेयर बिक्री गर्नेले मात्रै दशैँअघि पैसा पाउने

काठमाडौं, दशैं खर्चको लागि सेयर बिक्री गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ। मंगलबार सम्म सेयर बिक्री गर्नेले मात्रै दशैँ अघि पैसा पाउने भएका छ।सेयर बिक्री गरेपछि लगानीकर्ताले पैसा पाउन ३ दिन लाग्छ। मंगलबार सेयर बिक्री गर्ने लगानीकर्ताले आगामी शुक्रबारसम्म बिक्री गरेको सेयरको पैसा पाउँछन्।

आइतबारदेखि दशै बिदा रहेकाले बुधबार सेयर बिक्री गर्ने लगानीकर्ताले दशैंपछि मात्रै भुक्तानी पाउँछन् यसले गर्दा दशैं खर्चको लागि सेयर बिक्री गर्ने मंगलबार नै अन्तिम दिन हो। पछिल्लो समय नेप्से सूचक लगातार घट्दो क्रममा देखिएको छ यसले गर्दा अहिले सेयर खरिद गर्ने लगानीकर्तालाले नाफा कमाउन सकेका छैनन्।

विगत केही दिनदेखि लगानीकर्ताले घाटामै सेयर बिक्री गरेर दशैं खर्च जोहो गरिरहेको देखिन्छ। तर अब भने सेयर बिक्री गर्दा भुक्तानी नपाउने भएकोले पनि बजारमा बिक्री चाप घट्ने अपेक्षा गरिएको छ।