Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आईपीओ निष्कासनका लागि एकै पटक ४२ कम्पनी थपिए (सूची सहित)


आईपीओ निष्कासनका लागि एकै पटक ४२ कम्पनी थपिए (सूची सहित)

काठमाडौं । आईपीओ निष्कासनका लागि एकै पटक ४२ कम्पनी थपिएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा रहने कम्पनीको सङ्ख्या ७७ पुगेको हो । सेबोनले अध्यक्ष नपाउँदा अर्बौँको आईपीओ निष्कासन हुन सकेको छैन । यसअघि नै आईपीओ निष्कासनका लागि ३५ कम्पनीहरू पाइपलाइनमा रहेका थिए ।

नयाँ कम्पनीहरू थपिएसँगै आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका ७७ कम्पनीहरूको ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार ३१५ रुपैयाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता आईपीओ पाइपलाइनमा रहेका छन् । आईपीओ निष्कासन अनुमतिको पर्खाइमा रहेका कम्पनीहरूमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीहरू रहेका छन् ।

विभिन्न समयमा ३७ वटा हाइड्रोपावर कम्पनीहरू सेबोनमा आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका छन् । सेबोनले अनुमति दिएपछि यी कम्पनीहरूको १५ अर्ब ७ करोड ९० लाख ४६ हजार ४ सय रुपैयाँ बराबरको १५ करोड ७ लाख ९० हजार ४६४ कित्ता आईपीओ निष्कासन हुनेछ । आईपीओ निष्कासनको पाइपलाइनमा रहेका अन्य कम्पनीहरूमा उत्पादन तथा प्रशोधन क्षेत्रका १३ कम्पनी, होटल तथा पर्यटन क्षेत्रका ५, माइक्रोइन्स्योरेन्स कम्पनी ४, माइक्रोफाइनान्स १ र अन्य क्षेत्रका १५ कम्पनीहरू रहेका छन् ।