Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साल्ट टेड्रिङको भवन निर्माण व्यवसाय, घर बनाउने र बेच्ने


साल्ट टेड्रिङको भवन निर्माण व्यवसाय, घर बनाउने र बेच्ने

काठमाडौं । नुन, रासायनिक मल, एलपी ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भवन निर्माण व्यवसायमा पनि हात हालेको   छ । कर्पोरेसनले उपभोक्ताको चाहना अनुसार घर बनाइदिने तथा आफैँ जग्गा किनेर भवन बनाएर बिक्रीवितरण गर्ने काम पनि सुरु गरेको छ ।

कर्पोरेसनका विभागीय प्रबन्धक व्रजेश झाले नयाँ कम्पनी फ्युचर वर्कस् बिल्डिङ सोलुसन प्रालि स्थापना गरी नयाँ प्रविधिको घर निर्माण गरिदिने तथा आफैँ पनि घर निर्माण गरेर बेच्ने कार्य सुरु गरिएको बताए।

नेपाल भूकम्प जोखिमयुक्त देश हो, त्यस अवस्थालाई सुहाउँदो इँटा, बालुवा, कङ्क्रिट प्रयोग नगरी घर निर्माण गर्ने उनले बताए । छानोमा अहिलेका नयाँ प्रविधियुक्त सामग्री राख्न वा ढलान पनि गर्न मिल्ने बताउँदै उहाँले झ्याल र ढोका युपिभिसी वा काठका पनि राख्न सकिने बताए । कर्पोरेसनले काठमाडौँको दहचोकमा यही प्रविधिको प्रयोग गरेर १० वटा घर बनाइसकेर बिक्री पनि खुला गरिसकेको छ ।

नेपालको भौगोलिक अवस्थाले गर्दा सबैले पिल्लर भएको आरसिसी प्रविधिबाट घर बनाउन सक्दैनन् । एउटै ट्रकमा तीन वटा घर बन्न सक्ने सामग्री बोकेर जुनसुकै ठाउँमा गएर घर निर्माण गर्न सकिने भएकाले यो नेपालका लागि उपयुक्त प्रविधि भएको बताए ।

एलजिएस प्रविधिले घर बनाउँदा कोठाहरू फराकिलो हुनुका साथै हलुका पनि हुन्छ । एलजिएस प्रविधिबाट घर बनाउँदा तापक्रम र साउन्डप्रुफ पनि मिलाएर राख्न सकिने कम्पनीले जनाएको छ ।डिपिसीभन्दा माथिको भाग लाइट गेज स्टिल ९एनजिएस० र बोर्डबाट बन्ने भएकाले यो घरलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सकिने विभागीय प्रबन्धक झाले बताए ।