Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

व्यवसायीहरुलाई अर्थमन्त्री महतको आग्रहःयथेष्ट सूचना र तथ्यांकका आधारमा मात्रै अभिव्यक्ति दिनु


व्यवसायीहरुलाई अर्थमन्त्री महतको आग्रहःयथेष्ट सूचना र तथ्यांकका आधारमा मात्रै अभिव्यक्ति दिनु

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले उद्योगी व्यवसायीहरुलाई यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्रै अभिव्यक्ति दिन आग्रह गरेका छन् । चितवन उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारण सभामा मन्त्री महतले भने, ‘तथ्यमा आधारित भएर बोलिदिनुस्, यथार्थ कुरा ग्रासरुटमा पुग्छ ।

नभए हामीले जे लक्ष्य लिएर काम गरिरहेका छौँ, त्यसको विपरित परिणाम आउँछ ।’ उनले तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा गर्दा व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर भइरहेको बताए ।

उपभोक्ताले माग बढाएन भने उद्योगबाट उत्पादित बस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय नबढ्ने भएकाले यथार्थ धरातलमा उभिएर आफ्नो कुरा सम्प्रेषण गर्न म आग्रह गर्दछु,मन्त्री महतले भने ।

उनले आफू अर्थमन्त्री हुँदा समस्याग्रस्त देशको अर्थतन्त्र क्रमश सुधारको बाटोमा रहेको दाबी गरे । अर्थतन्त्र समस्यामा थियो, अझै तहमा पुर्‍याउन धेरै गर्न बाँकी नै छ ।

राज्य र निजी क्षेत्र दुवै तहबाट काम गर्न सकिन्छ । देशको अर्थतन्त्रले पुरानो स्थितिबाट प्रस्थान गरिसकेको छ । अहिले औषतमा मूल्यवृद्धि घटिरहेको छ,’ उनले भने, अर्थतन्त्र विस्तारै लयमा फर्किँदैछ।उनले निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको बताए ।

साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने कुरामा कुनै सत्यता छैन । दबाब अवश्य छ, हाम्रो साधारण खर्चमा कहीँकतै समस्या आएको छैन । सामाजिक सुरक्षाको दायित्व एकदमै धेरै छ । ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई धनी गरिब जे भए पनि ४ हजार रुपैयाँ सरकारले दिइरहेको छ, उनले भने ।