काठमाडौं । विजनेस दर्शन डटकमले आइतबार समाचार प्रकाशित गरेपछि कीर्तिपुर नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तिव्र बनाएको छ । आइतबार विजनेस दर्शनले कीर्तिपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाको अन्र्तवार्ता सहित कीर्तिपुर नगरपालिकाका बजार क्षेत्रको भिडिओ सामग्री प्रशारण-प्रकाशन गरेको थियो । सोहि समाचारको प्रभावका कारण नगरपालिकाले सोमबार बेलुकी बजार क्षेत्रको अनुगमन गरेको हो ।
नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यको नेतृत्वमा नगरपालिका कर्मचारी, प्रहरी तथा केहि जन प्रतिनिधिहरुको उपस्थितिमा डिपाटमेन्ट स्टोर, खाद्यन्न, मिठाई पसल लगायतमा अनुगमन गरेको विजनेस दर्शन मिडिया हाउसका सल्लाहकार तथा पत्रकार नजरराम महर्जनले जानकारी दिए ।
हामीले समाचारमा बजारमा अखाद्य बस्तुहरुको विक्रि वितरण भइरहेको, बजार मूल्य पसल लै फरक-फरक रहेको तथा मनोमानी मूल्य निर्धारण गरिएको र अधिकांस पसलहरु दर्ता विनै सञ्चालनमा रहेको खबर प्रकाशित गरेका थियौं ।
नगरपालिकाले नयाँ बजार स्थीत जगदम्बा स्वीटमा अनुगमन गर्दा म्याद गुज्रेका तथा अखाद्य र लामो समय स्टोर गरिएका मिठाईका परिकार फेला पारेको थियो । भने अन्य स्टोरहरुमा म्याद नाघेका बस्तुहरु, लेवल नभएका प्याकेटहरु बरामत गरेको छ ।
नगरपालिका उपप्रमुख शाक्यले जनताको स्वास्थ्यमा कसैले खेलवाड गर्न नमिल्ने भन्दै बजार अनुगमनलाई तिव्र बनाउने बताइन । नगरपालिकाले पहिलो चरणमा सचेत गराउने र पुनःदोहरिए सिल गर्ने तयारी गरेको छ । चाडपर्व नजिकिएसँगै स्थानीय सरकारले बजार अनुगमनलाई तिव्र बनाएका छन् ।
*यो पनि पढ्नुहोस् ।
कीर्तिपुर नगरभित्रका अधिकांस व्यवसाय दर्ताविनै सञ्चालनः छैन अनुगमन, यत्रतत्र पार्किङ, अस्तव्यस्त बजार [भिडिओ सहित]
काठमाडौं । काठमाडौंको कीर्तिपुर बजार क्षेत्रका अधिकांस व्यवसाय दर्ताविनै चलेको पाईएको छ । कीर्तिपुरको मुख्यबजार क्षेत्र नयाँ बजार, पाँगा, चोभार, भाजंगल, टौदह, ट्याँङ्गला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, र भत्क्यापाटी लगायतका स्थानहरुमा रहेका पसलहरु दर्ता विनै चलेको पाइएको हो । नगरभित्रका व्यवसायीक परियोजनालाई नगरपालिकाले नै अनुगमन गर्नुपर्ने हो तर, मुख्यगरि चाडपर्व लक्षित अनुगमनमा मात्रै सिमित हुदाँ व्यवसायीको मनोवल बढेको छ । त्यस्तै, मुख्यगरि कीर्तिपुर नगरपालिकाका १० वटा वडामा त्यस्ता अधिकांस व्यवसाय दर्ताविनै संचालनमा छन् । कीर्तिपुर नगरपालिका कार्यालय परिसर आशापासका अधिकांस व्यवसाय दर्ता नै भएका छैनन् । अहिले चाडपर्व नजिकिएसँगै स्थानीय सरकारले बजार अनुमगनलाई तीव्रता दिएका छन् । तर, अधिकांस स्थानीय तहको बजार अनुगमन औपचारिकतामा मात्रै सिमित हुने गरेको जनगुनासो बढ्दो छ ।
मुख्य चाडपर्व दशैँ र तिहार नजिकिदै गर्दा कीर्तिपुर नगरपालिकाले पनि बजार अनुमगनलाई अघि बढाउने तयारी गरेको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले केहि अघिमात्रै नगरपालिकाको बैठकले बजार अनुगमनलाई अघि बढाउने निर्णय भएको बताए । तर, बजार अनुगमनको मिति भने तोकिएको छैन् । उपभोक्ती बस्तुको बजार मुल्य आकाशियको छ, बजारमा मानिसहरु चाडपर्वकालागि बस्तु किन्न सुरु गरिरहेका छन् तर नगरपालिका बजार अनुमगनलाई अघि बढाउन तिथी कुरेर बसेको छ । ढिलागरि बजार अनुगमन हुदा प्रभावकारी नहुने अधिकारकर्मीको भनाई छ ।
त्यस्तै, कीर्तिपुरमा पछिल्लो समय ठुला होडिङबोर्डले ऐतिहासिक शहरमाथि भद्दा मजाक बनाइरहेको छ । कीर्तिपुर नगरपालिका प्रवेश गर्दैगर्दा सुरु हुने बजार क्षेत्रमा अहिलेपनि ठुला होडिङ बोर्डहरु घरका भित्तामा देखिन्छन् जुन कानुन विपरित छन् । त्यस्तै, सरकारले एक साता अघिमात्रै विदेशी कलाकारहरुको फोटो रहेका बोर्डहरु निर्माण गर्न नपाइने भन्दै सुचना प्रकाशित गरेको थियो । सार्वजनिक सुचना मार्फत विज्ञापन सम्बन्धी परिमार्जित नियमावलीले अबदेखि होर्डिङ बोर्डमा गरिने विज्ञापनलाई राष्ट्रिय र सांस्कृतिक पहिचान अनुकूल बनाउने उद्देश्यले नियम परिवर्तन गरेको थियो । विज्ञापन नियमन गर्ने नियमावलीको पहिलो संशोधन साउन ३२ गते राजपत्रमा प्रकाशित गरिएको छ ।
त्यसको दफा ९ क को उपदफा (३) मा ‘होर्डिङ बोर्ड, सवारीसाधन लगायत अन्य माध्यममा कुनै व्यक्तिको फोटो राखी विज्ञापन गर्ने भएमा स्वदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्नुपर्ने छ’ भनेर लेखिएको छ ।
नियम कार्यान्वयनका निम्ति घचघच्याउन विज्ञापन बोर्डले सार्वजनिक सूचना जारी गरेको छ । तर, कीर्तिपुरमा यो नियम कहिले कार्यान्वयनमा आउछ पत्तो छैन ? यसले स्थानीय सरकारको कार्यक्षमता माथि गम्भीर प्रश्न उब्जीएको छ । हामीले यसो भनिरहदा माथिको आदेश आए अनुगमन अघि बढाउने भन्ने जवाफ आउन सक्छ, तर जनताको हितमा हुने कामकालागि माथिको आदेश किन ? जनता भन्दा माथि को छ ? यो लोकतन्त्रको भाषा हुन सक्छ ।
त्यस्तै, कीर्तिपुर वडा नं.३ को कार्यालय रहेको स्थान आशपासका वदशालामा अहिलेपनि खुलेयाम भैसीको मासु विक्रिवितरण भइरहेको पाइएको छ । जुन कानुन विपरित हो । भैसी वा पाडीको मासु बिक्रिवितरण गर्न कानुनले बर्जित गरेको छ । तर, कीर्तिपुरका अधिकांस मासु पसलेहरुले खुलेयाम विक्रि वितरण गरिरहदा स्थानीय प्रशासन भने मौन छ । हामीले कीर्तिपुरका केहि स्थानहरुमा रिर्पाेटिङ गरेका थियौं, जहाँका अधिकास पसलहरुमा दर्ता प्रमाणपत्र छैनन् ।
ट्याँङ्गला फाँट नजिकै विगमार्ट रहेको आसपासका पसलहरु दर्ता बिना नै लामो समय चलेका छन्, भने ठुला मार्टहरुपनि विधिमा जान आनाकानी गरिरहेको पाईएको छ । त्यस्तै कीर्तिपुर क्षेत्रमा सञ्चालनमा रहेका रेष्टुरेन्ट, बर्गर हाउस तथा अन्य चेन रेष्टुरेन्ट दर्ता भएपनि स्थानीय तह सँग सहकार्य नगरेको पाइएको छ । कपाल काट्ने, टेलिङ, फ्रेस हाउस, कस्मेटीक, खाद्यन्नमा जस्ता व्यवसाय दर्ताबिनै सञ्चालनमा छन् । कीर्तिपुरका केहि खाद्य पसलहरुले आफुखुशी बस्तुको भाउ निर्धारण गर्ने गरेको पाइएको छ । उनिहरुले दैनिक सूची प्रकाशन गर्नुपर्नेमा अधिकांस पसलहरुले सूची राखेको देखिएन । कीर्तिपुरका पुस्तक पसल, भाडा तथा फेन्सी र अन्य खाजाघरहरु पनि दर्ताविनै चलेका छन् ।
हामीले केहि खाजाघरमा दर्ता गर्नुभएको छ ? भनि प्रश्न गर्दा सानो व्यवसाय, दिनमा एक हजार पनि व्यापार हुदैँन हामीलाई किन दर्ता गर्नुपर्ने ? भन्दै प्रतिप्रश्न गरेको पाईयो । त्यस्तै कीर्तिपुर नगरपालिकाबाट हस्पिटल जाने रोड आसपासमा लामो समयदेखि विभिन्न कम्पनीका गोदाम तथा डिलर सञ्चालनमा छन्, तर, स्थानीय तह सँग कुनै सहकार्य गरेको देखिएको छैन् । कानुन सबैलाई लाग्छ, सबैले पालना गर्नुपर्छ लामो समय व्यवसाय सञ्चालन गरेका व्यापारीले मनोमानी कर छलि रहेका छन् । स्थानीय तहले करको दायरामा ल्याउन सकेको छैन वा चाहदैन भन्ने प्रश्न अहिले पनि उठेको छ । मुख्यगरि राजनीतिक आडमा व्यापारीहरुले मनोमानी गरिरहेको पाइएको हो ।
कीर्तिपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बास्कोटाले गत बर्ष टोलीनै बनाएर बजार अनुगमन गरि नियममा बाध्ने काम भएको बताए । उनले भने, ‘हामीले पर्व नजिकिदै गर्दा अनुमगन सुरु गर्ने निर्णय गरेका छौं तर, त्यो कहिले हुन्छ थाहा छैन, सायद १-२ दिनमा सुरु गर्छाैं । कीर्तिपुरमा व्यवसाय गर्ने अधिकांस यहिका स्थानीय भएकाले पनि करको दायरामा ल्याउन समस्या भएको एक अधिकारकर्मीको भनाई छ । उनले भने,‘स्थानीय व्यक्तीहरुले जनप्रतिनिधिलाई कदर गर्दैन्, कस्ले के गर्छ भन्ने, राजनीतिक प्रतिशोध राख्ने लगायतका कारण स्थानीय प्रशासनको अनुगमन प्रभावकारी नभएको हो । त्यस्तै कीर्तिपुरको अर्काे समस्या अहिले सडकको पार्किङ बनेको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसाँस्कृतिक सम्पदाले भरिपुर्ण यस नगरपालिका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धरोहरको रुपमा यस क्षेत्रलाई लिइन्छ,तर व्यवस्थीत शहरकारुपमा यसलाई लिन सकिदैन । यसको व्यवस्थाको मुख्य जिम्मेवारी नगरपालिका हो ।
चाडपर्वका समयमा बजारमा मानिसहरुको चहलपहल बढेपनि सडकमा रहेको यत्रतत्र पार्किङले पैदल यात्रीलाई थप समस्या भएको स्थानीयको गुनासो छ । नगरपालिकाले विद्युत तार विस्तार र ढलको कामका कारण केहि समस्या भएको बताउँदै आएपनि विद्युत प्राविधिकरण कीर्तिपुर शाखा र सडक विभागले त्यसलाई वेवास्ता गर्ने गरेका छन् । हामीले विद्युत र सडक दुबैमा सम्पर्क गर्ने प्रयास गरेका थियौं तर, सरकारी कार्यालय जनताको गुनासोमा कति संवेदनशील छ, हामीले भनिराख्नु पर्दैन् । गत महिना कीर्तिपुरको नयाँ बजार क्षेत्रमा स्थानीयले सडकमा धुलोको कारण समस्या भएको भन्दै विरोध गरेका थिए ।
त्यसमा उपमेयर सुनिता शाक्यले तत्काल सडक मर्मत अघि बढाउने प्रतिवद्धता दिएपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । त्यस्तै, काठमाडौं, ललितपुर महानगरपालिकाले फुटपाट व्यवसाय हटाई सक्दा पनि कीर्तिपुरमा भने बेलुकी पाँच बजेपछि बाटोमा पैदल यात्रीले सास्ती भोग्नु परिरहेको छ ।
यत्रतत्र सडकमा बसेका तरकारी व्यवसायीहरुले बजारनै ओगटेर बसेका हुन्छन् । नगरपालिकाले यस विषयमा तत्काल ध्यानाकर्षण गर्न आवश्यक देखिन्छ ।