काठमाडौं । बागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले बचतकर्ताले सहकारी सञ्चालकलाई काम गर्न दिनुपर्ने बताएका छन् । कीर्तिपुर नगाउँ स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ता, सरोकारवाला र सञ्चालक समितिका प्रतिनिधिहरुसँगको छलफलमा उनले राज्यले सहकारी नियमन गर्ने संयन्त्र बनाएपनि प्रभावकारी नभएकाले मिलेर जानुपर्ने बताए ।
उनले भने, सहकारी सञ्चालक भाग्ने अबस्था बचतकर्ता बाटै हुने गरेको भन्दै यस्तो अबस्थामा सहकार्य सबैभन्दा अपरिर्हाय रहेको बताए । पछिल्लो समय देशैभरिका सहकारीमा समस्या आएका छन् यसमा सबै भन्दा प्रभाव संघीय राजधानीमा परेको हामी गम्भीर हुनु पर्छ । सहकारीलाई संकटग्रस्त बनाएर बचतकर्ताको रकम सजिलै फिर्ता गर्न सकिने अबस्था छैन् ।
राज्यको उदाशिनता र कार्यशैली हेर्दा हामी आफै गम्भीर हुनु पर्छ । कीर्तिपुर क्षेत्रमा रहेका सबै सहकारीलाई बचाउनुपर्ने उनको भनाई थियो । पछिल्लो समय दर्शन साकोसमा बचतकर्ताले रकम फिर्ताको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।