Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा उच्च अंकको गिरावट


सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । बजेट घोषणा भएको भोलिपल्ट सेयर बजारमा उच्च अंकले गिरावट भएको छ । नेप्से परिसूचक ५३.१६ अंक घटेर १८८८ अंकमा झरेको हो  भने सबै परिसूचकमा गिरावट भएको छ  । कुल २ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये बैंकिङ ३०प्रतिशत  विकास बैंक ८०प्रतिशत  फाइनान्स ४४प्रतिशत  होटल तथा पर्यटन ९७ प्रतिशत जलविद्युत् ६५, प्रतिशत, जीवन बीमा ३४६ प्रतिशत, उत्पादन ७७ प्रतिशत, माइक्रोफाइनान्स १२२ प्रतिशत, निर्जीवन बीमा २९१ प्रतिशत, अन्य ४५ प्रतिशत  ब्यापार उपसमूह ६५ प्रतिशत  अंक घटे ।

त्यसमध्ये ९ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनिको  घट्यो भने  ३ कम्पनीको स्थिर रहृयो । आत्मनिर्भर र बीपीडब्लू लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।  स्वेतगंगा हाइड्रोको ९, सामुदायिक लघुवित्तको ८, सयपत्री हाइड्रो र आदर्श लघुवित्तको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक (संस्थापक), नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे र निफ्रा क्रमशः अगाडि रहेका छन्  ।