Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्पेशल प्रि ओपन सेसनमा हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको पहिलो कारोबार


स्पेशल प्रि ओपन सेसनमा हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको पहिलो कारोबार

काठमाडौं, स्पेशल प्रि ओपन सेसनमा हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको पहिलो कारोबार भएको छ। यस दिन हाथवेको सेयर प्रतिकित्ता २८५ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो भने माण्डुको ३७३ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो। यी दुबै कम्पनीहरुको सेयर असोज २३ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले हाथवेलाई ९५ रुपैयाँ ९ पैसादेखि २८५ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। त्यस्तै, माण्डु लाई नेप्सेले १२४ रुपैयाँ ४२ पैसादेखि ३७३ रुपैयाँ २६ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो।सोही रेञ्जका आधारमा यस दिन उच्च मूल्यमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो। अब यी कम्पनीहरुको शेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।