Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

टिकटक प्रतिबन्धविरूद्धका रिट निवेदन ‘हेर्न नभ्याउने’मा


टिकटक प्रतिबन्धविरूद्धका रिट निवेदन ‘हेर्न नभ्याउने’मा

काठमाडौं । सामाजिक संजाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि सोमबार सुनुवाइ भएन ।

न्यायाधीश कुमार चुँडालको इजलासमा सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध परेका रिट निवेदनको पेसी तोकिएको थियो ।

सर्वोच्च अदालतमा सोमबार न्यायाधीश चुँडालसहितको अर्को संयुक्त इजलास पनि तोकिएको थियो । न्यायाधीश चुडाल संयुक्त इजलासमा नै व्यस्त भएकाले एकल इजलासमा तोकिएका पेसी हेर्न नभ्याइएको हो । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धका रिटहरूको सुनुवाइका लागि मंसिर ५ गते मंगलबार अर्को पेसी तोकेको छ ।


सरकारले कार्तिक २७ मा लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको भन्दै टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो । सर्वोच्च अदालतमा टिकटक प्रतबन्धको उक्त निर्णयविरुद्ध छुट्टाछुट्टै १० रिट निवेदन दर्ता भएका थिए ।