काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेललाई नियुक्त गर्ने मन्त्रिपरिषद् निर्णय खारेज भएको छ । गत साता सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । तर, नियुक्तिसँगै बधाइ खाएका लुइँटेलले अर्थ मन्त्रालयबाट अहिलेसम्म आधिकारिक जानकारी पाएका छैनन् ।
आफूले अर्थ मन्त्रालयमा सोधपुछ गरे पनि अर्थले अहिलेसम्म आधिकारिक जानकारी नदिएको उनले निकटस्थहरुलाई बताउने गरेका छन् । तर, मुख्यसचिव एकनारायण अर्यालले भने बुधबार नेप्से सीईओ नियुक्त गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गर्दै नगरेको सञ्चारमाध्यमहरूलाई बताएका थिए ।