काठमाडौं । हेलिकप्टर कम्पनी एयर डाइनेस्टीले भूकम्पपीडितका लागि ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको छ । शुक्रबार पश्चिम नेपालमा भएको भूकम्पबाट प्रभावित परिवारका लागि डाइनेस्टीले यो सहयोग गरेको हो ।
कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले कम्पनीका तर्फबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ बुधबार प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए । डाइनेस्टी ३० वर्ष पुरानो हेलिकप्टर कम्पनी हो । योसँग हाल ४ वटा हेलिकप्टर छन् । यसअघि कैलाश हेलिकप्टरले १० लाख रुपैया भुकम्पपिडीतकालागि सहयोग प्रदान गरेको थियो ।