Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डलरको भाउ साताको पहिलो दिनपनि उच्च


डलरको भाउ साताको पहिलो दिनपनि उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २५ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसामा कारोबार हुने भएको छ ।

बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.३५ रुपैयाँ  तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसामा खरिदबिक्री हुनेछ । जापनिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा कायम हुँदा दक्षिण कोरिया १०० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर  ९ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ र बिक्री दर ३५.५४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५५ रुपैयाँ र बिक्री दर २८.६८ रुपैयाँ रहेको छ । कुवेती दिनार १ को खरिद मूल्य ४३०.८१ पैसा  बिक्रीदर ४३२.७६ पैसा मूल्य तोकिएको छ ।