Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउन एनटीयूसीको माग


श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउन एनटीयूसीको माग

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ पु¥याउन माग गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै एनटीयूसीले वर्तमान समयको मूल्यवृद्धि र महँगीलाई ध्यानमा राखी सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गरेको हो ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीलाई समेत मासिक २६ हजार रूपैयाँ तोकिएको अवस्थामा वर्तमान समयको कहालीलाग्दो मूल्यवृद्धि, महँगीमा निजी क्षेत्रमा कार्यरत श्रमिकले मासिक १५ हजार रूपैयाँले जीवनयापन गर्न नसकिने हुनाले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने बताए । नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक दुई/दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल ट्रेड युनियन कांग्रेसको गत असार ४ देखि ६ गतेसम्म काठमाडौंमा भएको सातौं राष्ट्रिय महाधिवेशनले समेत श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार हुनुपर्ने माग राख्ने निर्णय गरेको थियो । श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ निर्धारण हुनुपर्ने अन्यथा कडा कदम चाल्ने नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ ।