Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीन सहकारीलाई समस्याग्रस्त घोषणा


तीन सहकारीलाई समस्याग्रस्त घोषणा

काठमाडौं । बागमती प्रदेश सरकारले ३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३ सहकारीलाई समस्या ग्रस्त घोषणा गरेको हो ।

आइतबार सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले मन्त्रीस्तरिय निर्णय गर्दै काठमाडौँका ३ वटा सहकारीलाई समस्या ग्रस्त घोषणा गरेका हुन् । मन्त्री श्रेष्ठका अनुसार काठमाडौँको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड र लालिगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्या ग्रस्त घोषणा गरेको हो ।

वीरेन्द्र महर्जन अध्यक्ष रहेको सुमेरुले २ अर्ब २५ करोड १४ लाख रुपैयाँ बचत फिर्ता गर्न नसकेको मन्त्रालयले जनाएको छ । सुमेरुले बचत फिर्ता नदिने, संस्थाको आर्थिक कारोबार उपलब्ध नगराउने लगायतका कार्य गरेकाले समस्या ग्रस्त सहकारी घोषणा गरिएको सहकारी महाशाखा बागमती प्रदेशका रजिष्ट्रार कुमार तामाङले बताए ।

त्यस्तै राजकुमार तामाङ अध्यक्ष रहेको नेशनल नमोबद्ध सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । धनबहादुर तामाङ अध्यक्ष रहेको लालिगुँरास सहकारीलाई ९७२ बचतकर्ताको उजुरीको आधारमा समस्या ग्रस्त घोषणा गरिएको छ । १ अर्ब ६१ करोड ९९ लाख ७५ हजार बचत फिर्ता माग गर्दै उजुरी परेको थियो ।