Thursday, May 29, 2025

२०८२ जेष्ठ १६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकद्धारा विभिन्न पाँच वटा वाणिज्य बैंकमाथि कारबाही


राष्ट्र बैंकद्धारा विभिन्न पाँच वटा वाणिज्य बैंकमाथि कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पाँच वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१—८२ को तेस्रो त्रैमासमा नियम मिच्ने पाँच वाणिज्य सीईओ र बैंकमाथि जरिवानासम्म गरेको हो ।

राष्ट्र बैंकका अनुसार कारबाहीमा पर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ जरिवाना तिराइएको छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको पाइएपछि यस बैंकलाई जरिवाना तिराइएको हो ।

नेपाल बैंक लिमिटेडलाई पनि पाँच लाख रुपैयाँ जरिवाना तिराइएको छ । यस बैंक सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा। चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रहेको पाइएको छ ।