Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा, १८ प्रतिशत प्रतिफल दिने


‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा,  १८ प्रतिशत प्रतिफल दिने

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा गरिएको छ। सानिमा इक्विटी फण्डले इकाईधनिलाई दिने प्रतिफल दिने घोषणा गरेको हो।

आर्थिक वर्ष २०७९–८०का लागि यो म्युचुअल फन्डको लाभांश गरिएको थियो। योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि कुल १८ प्रतिशत (करसहित) नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ।

यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ। जसअनुसार १८ प्रतिशतले हुन आउने कुल २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

यो योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ। नगद लाभांश वितरणार्थ बुक क्लोजसम्बन्धी सूचना पछि प्रकाशित गरिने क्यापिटलले जनाएको छ।