काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कीर्तिपुरका स्वतन्त्र उम्मेदवार राजमान महर्जन(मानव) र माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनससहित ६ जनालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधिएको छ । आइतबार कीर्तिपुर र काठमाडौं १६ मा उपनिर्वाचन हुँदैछ ।
उनिहरु सहित ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । गएराति आयोगको टोलीले गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएको हो । आयोगले स्वतन्त्र उम्मेदवार राजमान महर्जन, माओवादी केन्द्रका उम्मेदवार डा.शिव शरण महर्जन, मीनबहादुर मानन्धर, सम शाक्य र रोजिना श्रेष्ठ र पशुपति कठायतलाई स्पष्टीकरण सोधिएका आयोगले जनाएको हो ।
मीनबहादुर मानन्धर काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडाध्यक्षका उम्मेदवार हुन् । पशुपति कठायत र समय शाक्य कामपा १६ का स्वतन्त्र उम्मेदवार हुन् । त्यस्तै रोजिना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ महानगर पालिका वडा नम्बर १६ का उम्मेदवार हुन् ।