Sunday, June 02, 2024

२०८१ जेष्ठ २०, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सातवटै प्रदेशमा लगानी वातावरण सुधारको कार्ययोजना बनाउदैँ सरकार


सातवटै प्रदेशमा लगानी वातावरण सुधारको कार्ययोजना बनाउदैँ सरकार

काठमाडौं,सरकारले सातवटै प्रदेशमा प्रादेशिक लगानीको वातावरण सुधार गर्ने कार्ययोजना विकासको प्रतिबद्धता बताएको छ । यसको सुरुवात कोशी, मधेश, गण्डकी र लुम्बिनीबाट गर्दै लगानी आकर्षित गर्ने उल्लेख छ। यो योजनाले प्रादेशिक लगानी वातावरण मूल्यांकन पिकामा आधारित रहेर महत्वपूर्ण सुधारका उपायहरूको पहिचान गर्नेछ ।

चारवटै प्रदेशमा गरिने यस्तो मूल्यांकनले लगानीमैत्री वातावरण निर्माण गर्न सघाउ पुग्ने र प्रादेशिक तथा स्थानीय तहमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने उल्लेख छ ।यो योजनालाई बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत विस्तार गर्ने योजना छ ।

विश्व बैंक र स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) र अन्तर्राष्ट्रिय वित्त संगठनको सहायतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा यो घोषणा गरिएको थियो ।पिकाले हामीलाई प्रादेशिकस्तरमा लगानीको वातावरणमा पृथक् तथ्यांक प्राप्त गर्न मद्दत गर्नेछ र स्थानीयस्तरमा प्रमाण सूचित नीतिहरूलाई आकार दिन आवश्यक सूचकांक प्रदान गर्नेछ ।

यसले नेपालको व्यावसायिक वातावरणको सम्भावित रूपान्तरणका लागि केही नीतिगत विकल्पको सुझाव दिन्छ, मुख्य सचिव डा. वैकुण्ठ अर्यालले भने ।प्रभावकारी नीतिगत समन्वय सुनिश्चित गर्न, नीतिहरूलाई सरलीकरण र मेलमिलाप गर्न र नेपालको व्यावसायिक वातावरण सुधार गर्न राज्यका सबै पक्षहरूबीच प्राथमिकताका सुधारका एजेन्डाबारे बुझाइ विकास गर्न आवश्यक रहेको बताए ।पिकाले पहिलो पटक लगानी आकर्षित गर्न र निजी क्षेत्रको वृद्धिलाई सहयोग गर्ने प्रदेशहरूको तत्परताका सन्दर्भमा अन्तरदृष्टि प्रदान गर्नेछ, नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डेनियल मेउलीले भनिन् ।

पिकाको प्रयास नेपालको संघीयताको सन्दर्भमा धेरै स्वागतयोग्य कदम रहेको उल्लेख गर्दै संघीय शक्तिको निरन्तर हस्तान्तरणलाई समर्थन गर्न र राष्ट्रिय र उपराष्ट्रिय अधिकारीबीचको सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनले बताए । व्यवसाय र निजी लगानीलाई बढावा दिएर हामी अन्ततः नेपालको मध्यम आय भएको देश बन्ने आकांक्षा पूरा गर्न काम गरिरहेको बताए ।

पिकाले प्रादेशिक र स्थानीय सरकारहरूमा नीति–निर्मातालाई लगानी वातावरण र प्रतिस्पर्धात्मकतालाई असर गर्ने महत्वपूर्ण नीति परिवर्तनहरू पहिचान गर्न मद्दत गर्न प्रमाण आधारित मूल्यांकन प्रदान गर्छ । यसले आधारभूत पूर्वाधार, नियामक दक्षता, पारदर्शिता र दृढ संलग्नता र जीवनको गुणस्तरः चार स्तम्भहरूमा विभाजित १८ सूचकमा लगानीको वातावरणको मूल्यांकन गर्ने उनले बताए ।