काठमाडौं । कीर्तिपुरका एकपछि अर्को सहकारीमा बचतफिर्ताको माग बढ्न थालेको छ । आर्थिक तरलताका कारण देशभरका सहकारीहरुमा समस्या देखिदा काठमाडौंको कीर्तिपुर नगरपालिकाभित्रका सहकारीहरुमा पनि समस्या बढ्न थालेको हो ।
कीर्तिपुरकै नयाँ बजारमा रहेको कीपु ढुकु बचत तथा ऋण सहकारी संस्थामा अहिले बचतफिर्ताकालागि दवाव बढेको छ । दुई महिना अघि सो सहकारीमा बचतफिर्ताको दवाव बढ्दा केहि बचतकर्ताहरुसँग सम्पत्ति विक्रिगरि रकम फिर्ता गर्ने सहमति सहकारी सञ्चालक समितिले गरेको थियो ।
सो सम्झौता कार्यान्वयन नभएको भन्दै अहिले सहकारीमा बचतफिर्ताको दवाव बढेको हो । बचत फिर्ताकालागि सहकारी कार्यालयमा कर्मचारी र बचतकर्ताबीचमनमुटाव समेत बढेको एक कर्मचारीले बताए । ‘अध्यक्ष महर्जन बचत फिर्ताकालागि रकम व्यवस्थापन गर्न व्यस्त भएकाले कार्यालयमा उपस्थीत हुन नसक्दा थप समस्या बढेको हो’ एक कर्मचारीले भने ।
विजनेश दर्शनसँग गरिएको कुराकानीमा अध्यक्ष महर्जनले साना बचतकर्ताहरुलाई रकम वितरण सुरु गरेको बताएका छन् । उनले केहि महिनाअघि मात्रै रकम फिर्ताकोलागि दवाव बढेपछि संस्थाले सो सम्झौता भएको दुई महिनामा ऋण असुली र जग्गा व्यवस्थापनबाट रकम फिर्ता गर्ने लिखित प्रतिवद्धता जनाए अनुसार पाँच हजार तल बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको बताए ।
उनका अनुसार अहिलेको परिस्थीतिमा ठुलो रकम फिर्ता गर्न सक्ने अबस्था छैन, त्यसैले साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेका हौं । त्यस्तै, उनले ठुला बचत कर्तालाई ऋण असुलीबाट प्राप्त जग्गा व्यवस्थापन गर्न सुरु गरेको बताए । उनले भने, ‘सहकारी संस्थाहरुमा आइरहेको समस्यालाई मध्यनजर गरि ठुला बचतकर्ताहरुलाई जग्गा दिइरहेका छौं । धेरै ठुला बचतकर्ताहरुले जग्गा लिनुभएको छ ।’
सहकारीले बाराको नीजगढमा केहि ठुला बचतकर्ताहरुलाई जग्गा पास गरेको छ । हामीसँग गरिएको कुराकानीमा अध्यक्ष महर्जनले तराईमा बचतफिर्ता बापत प्राप्त गरेको जग्गा पास गरिरहेको साथै सहकारीले बारा जितपुरमा केहि बचतकर्ताहरुलाई रकम बापत जग्गा समेत पास गरेको जानकारी दिए।