Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनआइसी एसिया बैंक द्वारा सेयरधनीलाई दिने लाभांश पारित


एनआइसी एसिया बैंक द्वारा सेयरधनीलाई दिने लाभांश पारित

काठमाडौं, एनआइसी एसिया बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको छ। बैंकको २६औँ वार्षिक साधारणसभाले लाभांश वितरण पारित गरेको हो । साधारणसभाले गत आव २०७९,८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र एक दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।बोनस सेयर तीन अर्ब ३५ करोड ३५ लाख रुपैयाँ र कर प्रयोजनका लागि १७ करोड ६५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागिएको बैंकले बताएको छ ।

समग्रमा ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण हुने बैंकको भनाइ छ । २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुग्ने बताइएको छ ।साधारणसभाले आव २०७९,८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको बताइएको छ ।

बैंकले हाल देशभरमा तीन सय ६० शाखा, ६ सय ३१ एटिएम, एक सय १० विस्तारित काउन्टर तथा ६१ वटा शाखारहित शाखा सञ्जालमार्फत् सेवा दिइरहेको बताएको छ। बैंकले स्थापनाकालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको बताएको छ ।