Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शिक्षा र स्वास्थ्यमा बजेट बढ्यो, भौतिक पूर्वाधारतर्फ ३६ अर्बले घट्यो


शिक्षा र स्वास्थ्यमा बजेट बढ्यो, भौतिक पूर्वाधारतर्फ ३६ अर्बले घट्यो

काठमाडौं । विकास खर्चका लागि स्रोत व्यवस्थापनमा दबाब खेपिरहेको सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा भने बजेट वृद्धि गरेको छ । तर, भौतिक पूर्वाधारमा भने बजेट घटेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बजेट वृद्धि गरिएको हो । अर्थमन्त्री महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा १४ अर्बले बढी हो । चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।

त्यस्तै, सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि पनि बजेट वृद्धि गरेको छ । अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ का लागि १ खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । चालु आर्थिक वर्षमा शिक्षा मन्त्रालयतर्फ केन्द्रीय सरकारले ७० अर्ब ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

शिक्षा र स्वास्थ्यमा बजेट वृद्धि गरेको सरकारले पूर्वाधार निर्माणतर्फ भने बजेट घटाएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । जुन चालु आर्थिक वर्षको बजेटको तुलनामा ३६ अर्बले कम हो । चालु वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट पाएको थियो ।

त्यस्तै, सरकारले बहुप्रतिक्षित काठमाडौं–तराई मधेश फास्ट ट्र्याक आयोजनाको बजेट पनि घटाएको छ । अघिल्लो वर्ष ३० अर्ब बजेट रहेको यो आयोजनाका लागि सरकारले आउँदो वर्षमा २२ अर्ब ५० करोड अर्ब बजेट छुट्याएको छ ।