Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

एआईले गर्दा विश्वभर सुरक्षा खतरा बढ्दो


एआईले गर्दा विश्वभर सुरक्षा खतरा बढ्दो

एजेन्सी । क्यानडेली वैज्ञानिक योशुआ बेन्जियोलले आर्टिफिसियल इन्टेलिजेन्स एआईले गर्दा विश्वभर सुरक्षा खतरा भएको बताउनुभएको छ ।

ओपनएआईको च्याटजीपीटी र गुगलको बार्ड जस्ता च्याटबटमा लामो समयदेखि काम गर्दै आएका बेन्जियोले एआई प्रविधिलाई नियमन गर्ने ऐन आवश्यक रहेको बताउनुभएको अलजजिराले उल्लेख गरेको छ ।

उनले संयुक्त राज्य अमेरिकाको एक समारोहमा एआईको विकास क्रमले जुन गति लिएको छ, त्यो गलत हातमा परे त्यसले सारा लोकतन्त्रमाथि खतरा पैदा गने चेतावनी समेत दिनुभयो । बेन्जियोलले एआईको गलत प्रयोगले जैविक हतियारहरु सिर्जना हुने चिन्ता व्यक्त गर्नुभएको छ । एआई मानव जीवनलाई सकारात्मक परिवर्तन गर्न विकास गरिएको भएपनि त्यसको गलत प्रयोगले मानव अस्तित्व खतरामा परेको बेन्जियोलको भनाई छ ।