काठमाडौं । व्यापक विरोध र आलोचनापछि सरकारले फागुन १ गतेकालागि तय गरेको सार्वजनिक विदा हटाएको छ । जनयुद्ध दिवसमा यसअघि फागुन १ गते सार्वजनिक विदा दिने निर्णय भएको थियो । तर, विरोध र आलोचना बढेपछि आज गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै फागुन १ गते सार्वजनिक विदा नरहेको जनाएको हो ।
फागुन १ गते सार्वजनिक विदा छैनः गृहमन्त्रालय [विज्ञप्ती सहित]