Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुपरमाइ हाइड्रोपावरको नाफा १३ प्रतिशत घट्यो


सुपरमाइ हाइड्रोपावरको नाफा १३ प्रतिशत घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सुपरमाइ हाइड्रोपावरले ५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा १३ प्रतिशत घटेको   छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ५ करोड ७६ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत् बिक्री आम्दानी सामान्य बढेको छ, तर बिक्री लागतसँगै वित्तीय लागत पनि बढेको छ । जसले गर्दा कम्पनीको नाफामा सामान्य गिरावट देखिएको छ । कम्पनीले ६ महिनामा विद्युत बिक्रीबाट १३ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी १३ करोड ६६ लाख रुपैयाँ थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५३ पैसा छ । प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८८ पैसा छ । व्यवसायिक उत्पादन भएको ५ वर्ष पूरा भएकाले केही मेसिन थप गर्नुपर्ने तथा केही मर्मत गर्नुपर्ने अवस्था रहेकाले आगामी समय नाफामा प्रभाव पर्न सक्ने कम्पनीले औंल्याएको छ ।