काठमाडौँ — सरकारले हुलाक सेवाको संगठन संरचना परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक पालिका, एक हुलाक कायम गर्ने गरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले हुलाक सेवाअन्तर्गतका १६३६ दरबन्दी खारेज गर्ने निर्णयसमेत गरेको छ । बिहीबारकै बैठकले केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको छ ।
हुलाक सेवाअन्तर्गतका १६३६ दरबन्दी खारेज