Sunday, November 23, 2025

२०८२ मंसिर ८, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीन हजार थान लागुऔषध ट्रमाडोल ट्याब्लेटसहित एक युवक पक्राउ


तीन हजार थान लागुऔषध ट्रमाडोल ट्याब्लेटसहित एक युवक पक्राउ

बर्दीवास । प्रहरीले भारी परिमाणको नियन्त्रीत लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तीन हजार थान लागुऔषध ट्रमाडोल ट्याब्लेटसहित बारा निजगढ नगरपालिका ७ का २७ वर्षीय मुकेश दर्लामीलाई हिजो शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवास र इलाका प्रहरी कार्यालय बर्दिवासको संयुक्त टोलीले पैदल यात्री दर्लामीलाई बर्दिवास १ स्थित पूर्वपश्चिम लोकमार्गको भवसी पुल नजिकबाट बरामद गरेको जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो बर्दिवासकाक प्रमुख सरोज अधिकारीका अनुसार साँझको समयमा शङ्कास्पद रूपमा बर्दिवासतर्फ आउँदै गरेका दर्लामीले बोकेको झोला तलासी लिदा उक्त परिमाणको लागुऔषध भेटिएको थियो ।

दर्लामीसहित बरामद लागुऔषधलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा बुझाइएको ब्युरो प्रमुख अधिकारीले जनाउनु भयो ।

यस अघि कात्तिक १७ गते पनि ब्युरो प्रमुख अधिकारीकै टोलीले बर्दिवास र लालगढका छुट्टाछुट्टै स्थानबाट ४१ बोतल प्रतिबन्धित लागुऔषध ओरोनेक्स सिरपसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।