Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

कीर्तिपुर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष हिरालाल महर्जनको निधन


कीर्तिपुर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष हिरालाल महर्जनको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । केहि समयदेखी स्वास्थ्यका कारण घरमै आराम गरिरहेका  महर्जनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएर चुनाव जितेका थिए । कीर्तिपुरमा लोकप्रिय मानिने महर्जन आफ्नो कार्यकालमा निश्पक्ष कार्यसम्पादनमा विश्वास राख्ने गर्थे, उनलाई अन्तिम श्रद्धाञ्जलीकालागि बिहान ९ बजे कीर्तिपुर नगरपालिका परिसरमा राखिने भएको छ ।

यसअघि विजनेस दर्शन टेलिभिजन मार्फत लिएको अन्र्तवार्तामा उनले आफु निष्पक्ष र निडर भएर कार्यसम्पादन गर्ने बताएका थिए । हाम्रो कीर्तिपुर समृद्ध कीर्तिपुर कार्यक्रममा आफ्नै कार्यकालमा कीर्तिपुर नगरपालिकाको समृद्धि सम्भव छ भन्ने उनि यस क्षेत्रकालागि एक नेता थिए ।