Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रिलायबल लाइफ इन्स्योरेन्सले विभिन्न सामाजिक कार्य गरी मनायो स्थापना दिवस

गरी मनायो


रिलायबल लाइफ इन्स्योरेन्सले विभिन्न सामाजिक कार्य गरी  मनायो स्थापना दिवस


काठमाडौं, भदौ १८। रिलायबल लाइफ इन्स्योरेन्सले जीवन बिमा कारोबार सुरु गरेको ६ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसर पारेर विभिन्न कार्यक्रम गरेको छ । कम्पनीले रक्तदान, आर्थिक सहयोग, सरसफाइ लगायतका कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । सातौँ स्थापना दिवसको अवसरमा कम्पनीले केन्द्रीय कार्यलय, बुटवल र दमक शाखाहरूमा रक्तदान, समता गुठीलाई नगद सहयोग, सरसफाइ, विभिन्न वृद्धाश्रममा खाद्य सामग्री वितरण, विद्यालयमा स्टेसनरी सामान वितरण तथा वृक्षरोपण गरी सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व पूरा गरेको बताएको छ ।

यस कार्यमा कर्मचारी एवं बिमा अभिकर्ताको सक्रिय सहभागिता रहेको कम्पनीले उल्लेख गरेको छ । हालसम्म ७० लाख बिमितको संख्या पुगिसकेको कम्पनीले दाबी गरेको छ । यस अवसरमा कम्पनीको पहुँचलाई दूर–दराजसम्म पुर्‍याउन सहयोग गर्ने रिलायबल एडभाइजर ग्रुप, नियमनकारी निकायहरू, लगानीकर्ता, कर्मचारी लागायत प्रति कम्पनीले आभार व्यक्त गरेको छ ।