Thursday, June 26, 2025

२०८२ असार १२, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शेयर बजारमा झन्डै ६ अर्ब रुपैयाँकाे काराेबार


शेयर बजारमा झन्डै ६ अर्ब रुपैयाँकाे काराेबार

काठमाडौं । शेयर बजार आज पनि खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ३३ अङ्कले घटेर २ हजार ६०० दशमलव २० विन्दुमा झरेको छ । आज विकास बैंक, होटल, जलविद्युत्, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर साढे ९ प्रतिशतले घटेको छ । बजार खासै घटबढ नभएको दिन मोदी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको   छ । आज कारोबार रकम बढेको छ । हिजो ५ अर्ब ७६ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका १ करोड ३७ लाख कित्ता शेयर ५ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको छ ।