Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतीय मालवाहक गाडीहरुमा रोक लगाउन महासंघको आग्रह


भारतीय मालवाहक गाडीहरुमा रोक लगाउन महासंघको आग्रह

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै नेपालका ट्रक व्यवसायीहरूले भारतीय मालवाहक गाडीहरुमा रोक लगाउन माग गरेका हुन् ।

उनीहरुले निर्वाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए । त्यस्तै उनीहरुले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको पनि उचित व्यवस्थापनको माग गरेका छन् । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने धारणा राखेका थिए ।

उनले ट्रक यातायातमा ४७ वटा मुख्य रुटहरुको भाडादर निर्धारण गरिएको र त्यसको प्रभावकारी नभएको बताए । यस्तै भाडाको कार्यान्वयन र त्यसको अनुगमन प्रभावकारी बनाउन पनि व्यवसायीहरूले आग्रह गरे । यस्तै सहज ढंगले दुर्घटना निकासको सुनिश्चितता, घाइतेको उपचार व्यवस्था, कानुनसम्मत भारवहन कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने पनि महासंघको माग छ ।