Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पेट्रोलियम भण्डारणः मधेशमा धेरै कणालीमा न्यून


पेट्रोलियम  भण्डारणः मधेशमा धेरै कणालीमा न्यून

काठमाडौं । पेट्रोलियम पदार्थको भण्डारण क्षमता सबैभन्दा धेरै मधेश प्रदेशमा र कम कर्णाली प्रदेशमा रहेको छ । आर्थिक वर्ष २०७९,८० को सर्वेक्षण अनुसार नेपाल आयल निगमका प्रादेशिक भण्डारण केन्द्रमध्येमा मधेश प्रदेशमा १२ दिनसम्मको माग धान्नका लागि २४ हजार ३६२ किलोलिटर पेट्रोलियम पदार्थको भण्डारण क्षमता रहेको छ ।

कर्णाली प्रदेशमा दुई दिनसम्मका लागि १२६ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै बागमती प्रदेशमा १३ दिनको माग धान्ने गरी २२ हजार २८८ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै लुम्बिनी प्रदेशमा पाँच दिनका लागि ७ हजार ९४८ किलोलिटर भण्डारण क्षमता रहेको छ ।

यस्तै गण्डकी प्रदेशमा ११ दिनलाई पुग्ने तीन हजार ५०४ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा पाँच दिनलाई पुग्ने गरी १ हजार ८३९ किलोलिटर रहेको छ । सातै प्रदेशमा ६८ हजार ७९७ किलोलिटर इन्धन भण्डारण क्षमता रहेको छ । हाल भएको भण्डारण क्षमताले एक हप्तालाई मात्र माग धान्ने क्षमता रहेको छ । बजारमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन निगमले विभिन्न स्थानमा भण्डारण गृह निर्माण प्रव्रिmया अगाडि बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत न्यूनतम तीन महिनालाई पुग्ने गरी भण्डारण क्षमता वृद्धि गर्ने घोषणा गरिएको छ ।