Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा


शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा

काठमाडौं, चालू आर्थिक वर्ष आव २०८०,८१ को पहिलो दुई महिनामा चालू खाता र शोधनान्तर स्थिति दुवै बचतमा पुगेको देखिएको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो दुई महिना भदौसम्म चालू खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ।अघिल्लो आवको यसै अवधिमा चालू खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा पुगेको देखिएको छ।शोधनान्तर स्थिति समेत ५३ अर्ब ६१ करोडले बचतमा पुगेको छ।अघिल्लो वर्षको भदौमा शोधनान्तर २० अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो।

अमेरिकी डलरमा अघिल्लो आवको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको सोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको समेत नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख रहेकोछ।