Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लक्ष्मी क्यापिटल अर्को म्युचुल फण्ड निष्काशन गर्दै


लक्ष्मी क्यापिटल अर्को म्युचुल फण्ड निष्काशन  गर्दै

काठमाडौं,२७ असार । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ४ गतेबाट अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले लक्ष्मी भ्यालु फण्ड २ निष्काशनमा ल्याउन लागेको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। सो फण्डको इकाईका लागि साउन ४ गतेदेखि आवेदन दिन सकिनेछ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा साउन १९ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ। बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ४ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ।

र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।