Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुकुर बिरालोको खाना निर्यात गरेर नेपालले कमायो तीन अर्ब ४० करोड ९० लाख


कुकुर बिरालोको खाना निर्यात गरेर नेपालले कमायो तीन अर्ब ४० करोड ९० लाख

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कुकुर र बिरालोले खाने खानाको माग बढ्दै गईरहेको छ । नेपालबाट झन्डै साढे तीन अर्बभन्दा बढी रुपैयाँ बराबरको कुकुर र बिरालोको खाना निर्यात भएको तथ्याङ्कले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ४० करोड ९० लाख ७३ हजार रुपियाँको कुकुर र बिरालोको खाना निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले निर्यात बढी हो ।

आव २०७८/७९ मा दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपियाँ निर्यात भएको छ । दुधबाट बनेका कुकुर र बिरालोको आहार पूर्वी जिल्लाबाट निर्यात हुने गर्छ । गत आवमा सबैभन्दा धेरै कुकुर र बिरालोको खाना अमेरिकामा दुई अर्ब ९६ करोड ७६ लाख २६ हजार रुपियाँ बराबरको १५ लाख तीन हजार २९५ केजी निर्यात भएको छ । गत वर्षको तुलनामा अमेरिकामा २१ प्रतिशतले निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, क्यानडामा २९ करोड ४२ लाख ३५ हजार रुपियाँको ४४ हजार ५३२ किलो कुकुर र बिरालोको खाना निर्यात भएको छ । यस्तै जापानमा ३९ करोड ३५ लाख छ हजार रुपियाँको १७ हजार १७९ किलो निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा जापानमा २८ प्रतिशतले निर्यात बढेको छ । युनाइटेड किङडममा ३४ करोड ४९ लाख छ हजार रुपियाँको १४ हजार ५६२ किलो, सिङ्गापुरमा १२ करोड ५३ लाख दुई हजार रुपियाँको पाँच हजार ६२० किलो, हङकङमा १२ करोड ५२ लाख चार हजार रुपियाँको ५१ हजार ४४७ किलो निर्यात भएको छ । कोरियामा ११ करोड ४७ लाख चार हजार रुपियाँको छ हजार १८८ किलो निर्यात भएको विभागको तथ्याङ्क छ ।

यसरी अन्तर्राष्ट्रिय बजारमा वर्षेनि कुकुर र बिरालोको खानाको माग बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।