Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ग्यालेक्सी टीभीका सञ्चालकले हिनामिना गरे १९ हजार पोखरेलीको डेढ अर्ब बचत

पत्रपत्रिका


ग्यालेक्सी टीभीका सञ्चालकले हिनामिना गरे १९ हजार पोखरेलीको डेढ अर्ब बचत

ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको छ । इलम, उद्यम र परिवारको भविष्यका लागि सहकारीमा रकम जम्मा गर्ने करिब १९ हजार सर्वसाधारणको बिचल्ली बनाउने जीबी राईको कदममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणका तर्फबाट संघर्ष समिति गठन गरी प्रशासन, पोखरा महानगरपालिका र स्वयं लामिछानेलाई पनि ज्ञापनपत्र दिइएको छ । यो विषयमा जीबी र रविको नाम उल्लेख भएका दस्ताबेजहरू सार्वजनिक भएपछि तिनको आधिकारिकता पुष्टि गर्न कान्तिपुरले सूचनाको हक प्रयोग गरी आइतबार पोखरा महानगरपालिकाबाट छानबिन प्रतिवेदन प्राप्त गरेको छ ।

जसमा सर्वसाधारणबाट संकलित रकम जीबीले आफू र सञ्चालकहरूका नाममा पेस्कीका रुपमा निकाली हिनामिना गरेको र नक्कली कारोबारबाट फर्छ्योट गरेको देखिन्छ । यही क्रममा सूर्यदर्शन सहकारीसँग कुनै साइनो नभएको दाबी गर्ने लामिछानेले पनि पेस्कीका नाममा एक करोड लिएको र राईकै शैलीमा अर्को खाता खडा गरी फर्छ्योट गरेको प्रतिवेदनमा उल्लेख छ ।


२०६७/६८ सालमा दर्ता भई पोखराको सभागृह चोकमा कार्यालय राखी सञ्चालन हुँदै आएको सूर्यदर्शन सहकारीको कार्यालय पछिल्लो समय नालाको मुखमा थियो । यस संस्थामा ठूलो संख्यामा बचतकर्ताले ठूलो मात्रामा रकम जम्मा गर्न थालेका थिए तर गत वर्ष (२०७९) को साउनदेखि चेक साटिन छाडेका थिए ।

लगत्तै कारोबार नै ठप्प हुन थालेपछि अत्तालिएका बचतकर्ताहरूको दबाबमा कात्तिक २० मा पोखरामा उपस्थित भएका संस्थाका पूर्वअध्यक्ष तथा सञ्चालक जीबी राई, अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य हेमन्त अधिकारीले मंसिरमा साधारणसभा गर्ने र सम्पूर्ण हिसाब बुझाउने प्रतिबद्धता जनाएका थिए ।

तर, मंसिर २० मा पोखराको सीटी स्क्वायर पुगेका जीबी र थानबहादुरले संस्थाका नाममा १ अर्ब ५५ करोड रुपैयाँ रहेको हिसाब सार्वजनिक गरेका थिए । त्यसपछि संस्था सुसञ्चालन हुने भनेर बिदा भएका उनीहरू सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले प्रशासन र महानगर गुहारेका हुन् ।

सर्वसाधारणका तर्फबाट हरेक दिन उजुरी आउन थालेपछि पोखरा महानगरपालिकाले चार्टर्ड एकाउन्टेन्ट (सीए) अनिल लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । ‘सुरुमा चेक साटिएन भनेर गुनासो आएको थियो । गुनासो लिएर आउने सर्वसाधारणको संख्या बढ्दै गयो,’ महानगरपालिका प्रमुख धनराज आचार्यले कान्तिपुरसँग भने, ‘सहकारीका सञ्चालक र कर्मचारीले केही समयसम्म हामी हेर्दै छौं पनि भने तर पार लागेन । त्यसैले छानबिन समिति बनाएर प्रतिवेदनसहित कारबाहीका लागि प्रहरीलाई पठायौं ।’


महानगरद्वारा गठित छानबिन समितिको नेतृत्व गरेका सीए लामिछानेका अनुसार सूर्यदर्शन सहकारीमा जम्मा भएको सर्वसाधारणको बचत गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन), जीबी राई नेतृत्वका अन्य सहकारी, उनका व्यक्तिगत खाता, टेलिभिजनका अन्य सहकर्मी र आफन्तका नाममा सारिएको छ ।

‘गोर्खा मिडिया नेटवर्कमा मात्रै २, ३ वटा खाताबाट ऋण लगेका रहेछन् । धेरै फेक लोन जारी भएको छ,’ उनले भने, ‘सुरुमा एक करोड रुपैयाँ बराबरको ऋण गोर्खा मिडिया नेटवर्कका नाममा लगेको देखिन्छ । त्यसपछि रवि लामिछानेका नाममा पनि पेस्की गएको भेटियो । त्यसलाई पनि सेटल गर्न सहकारीका तत्कालीन सञ्चालक जीबी राईकैमा सारेको देखियो । यसका लागि उनीहरूले ब्रिज ग्याप लोन (पुलेसो कर्जा) बनाएका रहेछन् ।’ आजको कान्तिपुरमा खबर छ । 

थप समाचारकालागि 

https://ekantipur.com/news/2023/12/25/the-owner-of-galaxy-tv-embezzled-the-savings-of-19000-pokhreli-and-one-and-a-half-billion-38-14.html