काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएको छ । बुधवारदेखि उनि बिदामा बस्ने भएका छन्। आफ्नो कार्यकाल सकिन केही समय मात्रै रहेकोले उनी बिदामा बस्न लागेका हुन्। हमालका अनुसार कार्यकाल सकिनु अघि फोर्स लिभमा बस्न लागेको बताएका छन् ।
जुन लिनै पर्ने भएकोले लिन लागिएको हो । बिदामा बस्दा बोर्डका कार्यकारी निर्देशकलाई उनले निमित्तको भूमिका दिँदै छन्। हमालको कार्यकाल यही पुस २० गते सकिँदै छ। । उनी २० गते बोर्डबाट बिदा हुने छन् ।
सोही दिन उनको कार्यकाल सकिँदै छ । आफ्नो कार्यकालमा निक्कै महत्त्वपूर्ण काम गरेर जान लागेको उनको दावी छ । उनले मर्जरको समयमा शेयर रोक्का हुने समय छोट्टाएको, प्राइभेट इक्युटी भेन्चर क्यापिटललाई लाइसेन्स दिएको, नयाँ ब्रोकरलाई लाइसेन्स दिएको, ब्रोकर कमिसन घटाएको, बुक बिल्डिङ प्रक्रिया कार्यान्वयनमा ल्याएको, इनसाइडर ट्रेडिङमा केही कम्पनी र व्यक्तिलाई कारबाही गरेको हमालले बताए । तर उनको कार्यकाल भने, सन्तोषजनक रहेन ।