काठमाडौं । लुम्बिनी प्रदेशमा पछिल्लो चार महिनामा २ हजार ६ सय बढी उद्योग दर्ता भएका छन्। लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार प्रदेशमा चालु आर्थिक वर्षको चार महिनाको अवधिमा २ हजार ६ सय ५२ उद्योग दर्ता भएका हुन्।
यीमध्ये उद्योग प्रशासनतर्फ १ हजार १ सय २८ र बाणिज्य प्रशासन तर्फका २ हजार ५ सय २४ उद्योग प्रदेशमा थपिएका छन्। मन्त्रालयका अनुसार प्रदेशमा सञ्चालित साना तथा घरेलु उद्योगहरू ९ सय ३३ उद्यमी पुरुष छन् भने महिला उद्यमीहरूको संख्या ५ सय १९ छ।
यसैगरी यी उद्योगहरूमा ३ हजार ३५ जना पुरुषले रोजगारीको अवसर पाएका छन् भने १ हजार ६ सय ४७ महिलाहरू रोजगारीका रूपमा जोडिएका छन्। लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायातले नयाँ उद्यमीहरू जन्माउनका लागि मन्त्रालयले विभिन्न सहुलियतका कार्यक्रमहरू गरिरहेको बताएको छ ।