Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अल्का अस्पतालमा शेयर सञ्चालक विवाद, क्याप्टेन थापालाई अनिवार्य उपस्थित हुन ३५ दिने सूचना


अल्का अस्पतालमा शेयर सञ्चालक विवाद, क्याप्टेन थापालाई अनिवार्य उपस्थित हुन ३५ दिने सूचना

काठमाडौं । ललितपुरमा रहेको अल्का अस्पतालको शेयरका विषयमा सञ्चालकद्धय कुमार थापा र रामेश्वर थापाबीच विवाद देखिएको छ । अस्पतालमा ५१ प्रतिशत शेयर भएका कुमार थापा र ४९ प्रतिशत शेयर भएका क्याप्टेन रामेश्वर थापाबीचको विवाद सार्वजनिक भएको हो ।

अस्पताल प्रशासनले आज गोरखापत्र दैनिकमै सूचना प्रकाशित गरि बार्षिक साधारण सभामा सञ्चालक रामेश्वर थापालाई अनिबार्य उपस्थितिका लागि आग्रह गरिएको छ । दुबै सञ्चालकबीच शेयर बाँडफाडमा विवाद भएको हुनसक्ने बताइएको छ । सूचनामा ३५ दिने म्याद राखिएको छ ।

सूचनामा थापाकै कारण आर्थिक वर्ष २०७९—८० को बार्षिक साधारणसभा यसअघि तीन पटक राख्न खोजिए पनि बस्न नसकेको उल्लेख छ । पछिल्लो पटक गत ५ भदौमा बोलाइएको साधारण सभा बैठक कोरम नपुगेर स्थगित भएपनि बैठकले ३५ रामेश्वर थापाको नाममा दिने सूचना जारी गर्ने निर्णय गरेको थियो । सूचनामा अस्पतालको साधारणसभा आगामि असोज १५ गते शनिवार डाकिएको छ ।

यसअघि गत वर्ष व्यवसायी रामेश्वर थापाले बराबरी शेयर र सञ्चालक समितिमा समान प्रतिनिधित्व बनाइदिनुपर्ने माग राख्दै उजुरी दिएका थिए ।  यता, अस्पतालका अध्यक्षसमेत रहेका बहुमत शेयरधनी कुमार थापा उर्फ तिलकबहादुर थापा र उनकी श्रीमती विद्या श्रेष्ठ थापा कम्पनी कार्यालयमा उजुरी परेपछि सम्भावित कारबाहीबाट जोगिन अर्का शेयरधनी रामेश्वरसँग हारगुहार गरेको भन्ने थियो ।

अस्पताल संचालनमा एकलौटी गरिरहेका थापा दम्पत्तीमा कीर्ते तथा ठगीको मुद्दा पर्ने भन्दै त्यो समय निकै चर्चा भएको थियो ।  २०५८ मंसिर ९ गते स्थापना भएको यो अस्पतालमा एस.एस.जी इन्भेष्टमेण्ट प्रालिको ५० प्रतिशत शेयर छ । बाँकी थापा दम्पत्तीको लगानी हो । तर पछिल्लो समय रामेश्वर थापासँग सम्बन्ध चिसिएको बुझीएको छ ।