Sunday, July 13, 2025

२०८२ असार २९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एन्टा ब्रान्डका देशभरका स्टोरहरूमा छुट योजना


एन्टा ब्रान्डका देशभरका स्टोरहरूमा छुट योजना

काठमाडौं । एन्टा ब्रान्डका देशभरका स्टोरहरूमा छुट योजना सञ्चालन गरिएको छ । जस अन्तर्गत ग्राहकहरूले समर न्यु अराइभलमा प्ल्याट २० देखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । यसमा विशेष गरी पर्फर्मेन्स फुटवेयर, डेल्ली लाइभस्टाइल फुटवेयर र स्टाइलिश कपडाहरू समावेश रहेको कम्पनीको भनाइ छ ।

छुटपछि जुत्ताको मूल्य ४,००० रुपैयाँबाट सुरु हुन्छ भने कपडामा पनि यो वर्षकै सबैभन्दा ठुलो बचत हुने कम्पनीले जनाएको छ । एन्टाका उत्पादनहरू उच्च गुणस्तर, आरामदायी डिजाइन र ट्रेन्डी स्टाइलका लागि चिनिन्छन्।

त्यसैले, खेलकुदका लागि उत्कृष्ट गियर चाहिनेहरूदेखि दैनिक जीवनका लागि क्याजुअल र स्टाइलिश विकल्प खोज्नेहरूका लागि समेत यो सेलले ठुलो अवसर ल्याएको कम्पनीको भनाइ छ । यस्तो अफर सीमित अवधिका लागि हुने जानकारी दिँदै कम्पनीले चाँडोभन्दा चाँडो लाभ लिन अनुरोध गरेको छ ।