Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अज्ञात रोगबाट एउटै फर्ममा पाठापाठी सहित ५२ बंगुर मरे


अज्ञात रोगबाट एउटै फर्ममा पाठापाठी सहित ५२ बंगुर मरे

काठमाडौं । सल्यानको बाग्चौर नगरपालिकाको टाटके स्थित एक ब्यावसायिक बंगुर फर्ममा अज्ञात रोगका कारण ५२ वटा बंगुर मरेका छन । स्थानीय मदन घर्तिको फर्ममा ४८ पाठापाठी र ४ ठुला बंगुरको मृत्यु भएको छ। मर्नु भन्दा पहिला ठुला र साना बंगुरमा ज्वरो आउने, खुट्टा सुन्निने, दिसा पिसाव नहुने समस्या देखिएको थियो ।

५२ वडा ठुला साना बंगुर मर्दा २ लाख बराबरको घाटा भएको छ । ब्यावसायिक रुपमा ८० भन्दा बढि बंगुर पालन गरेर बार्षिक ४￷६ लाख कमाई गर्दै आएका थिए । अज्ञात रोगबाट बंगुर र पाठापाठी मरेपछि अहिले सो क्षेत्रमा त्रास बढेको छ । रोगको पहिचान नहुदा थप समस्या भएको स्थानीयले बताएका छन् ।